युनाइटेड क्लब पोखराको अध्यक्षमा श्रेष्ठ

हिमाली आवाज । युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको आज सम्पन्न ११ औँ साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

‘युवाको जागर, रास्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ स्थापित क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्धितीय उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ तथा सहकोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सीमा गुरुङ, सन्तोष कार्की, जयराम आचार्य, दिवानी सुवेदी, विष्णु कुमार गुरुङ, पूर्ण श्रेष्ठ, चन्द्रकुमारी पराजुली र शिव थापा चयन भए ।

अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए ।
युनाईटेड क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही अनुरुप अगाडि वढ्दै आफ्नो कार्यकालमा असाह्य जेहेन्दार विद्यार्थीहरुलाई क्लवले अध्ययन गराउने लक्ष्य रहेको वताए ।

त्यसैगरी युनाईटेड क्लवको पहलमा यतिवेला पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा केही विवाद उत्पन्न भइ अदालती प्रक्रियामा रहेको र आफ्नो कार्यकालमा उक्त विवाद सुल्झाउनका लागी प्रत्यत्न गर्ने र हालै क्लवले लेखनाथमा आफ्नो भवन निर्माणका लागि जग्गा समेत लिइसकेको र आफ्नो कार्यकालमा क्लव विस्तार संगै क्लवको आफ्नै भवन निर्माणको लागि पहलकदमी थाल्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले वताए ।

यसैबीच निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपद विपदमा परेकोलाई सहयोग गर्न क्लव सक्षम रहेको वताए ।

त्यसैगरी क्लवले आफ्नो कार्यकालमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वडा नम्बर १० र १२ लाई समेत सहयोग गरेको र हालै पोखरा २७ अर्चलेमा ५ रोपनी जग्गा खरिद गर्न समेत आफ्नो कार्यसमिति सफल भएको वताए ।

हालै खरिद गरिएको क्लवको जग्गामा क्लवको उद्देश्य बमोजिम काम गर्न समेत आफु सदैव तयार रहेको र क्लवले लिएको उद्देश्यहरु शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र विपद ब्यवस्थापन संगै चिडियाखाना निर्माणमानै क्लव लागी पर्ने उनको भनाइ रहेको थियो ।

यसैबीच अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्त बहादुर थापाले आर्थिक वर्ष ०७६÷७७ को कार्यप्रगति विवरण प्रस्तुत गरेका थिएभने सदस्यहरुले प्रतिवेदन सर्वसम्मतले पास गरेका थिए ।

 

Comments
Loading...