घाइते अवस्थामा फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु

हिमाली आवाज । स्याङ्जामा आज विहान घाइते अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

विहान अन्दाजी ०६ः४० बजेको समयमा पुतलीबजार नगरपालिका–१ नेपाल टेलिकमको कम्पाउण्ड नजिक सोही ठाउँ बस्ने ३५ वर्षीया मन कुमारी नेपाली घाईते अवस्थामा फेला परेकामा प्रहरीले उपचारका लागि जिल्ला अस्पताल लगेकामा उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

Comments
Loading...