कांग्रेसको १५ औँ महाधिवेशनमा कास्की–२ बाट बास्तोलाको उम्मेदवारी घोषणा

हिमाली आवाज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसको वडा तहदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका बास्तोलाले पार्टीको १३ औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसक्नुभएको छ ।

त्यसैगरी, १४औँ महाधिवेशनमा उहाँले गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो यही असोज १० गते काँग्रेसको महाधिवशेन प्रतिनिधि चयन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी र प्रतिबद्धताको यात्रा भएको बताउनुभएको छ।

उहाँले अग्रजहरूको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवा पुस्ताको जोश, ऊर्जा र नवीन सोचलाई पार्टीसँग जोड्ने बताउनुभएको छ । “संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा म निरन्तर लागेको छ । अझै पनि सक्रिय रहेर देश र नेपाली काँग्रेसका लागि काम गर्नेछु ।” बास्तोलाले भन्नुभयो ।

महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको जनाउँदै बास्तोलाले अग्रज, साथीभाइ, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूको माया, सद्भाव र विश्वासका लागि अपिल गर्नुभएको छ ।

Comments
Loading...