हिमाली आवाज । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ पोखरामा औपचारिक रूपमा भित्रिएको छ । यो गाडीको आज पोखरामा औपचारिक बिक्री शुभारम्भ गरिएको हो । लक्ष्मी ग्रुपका निर्देशक सुनील श्रेष्ठले गाडीको अनावरण गर्नुभयो । यससँगै पोखरा तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी प्रत्यक्ष रूपमा अनुभव गर्न पाउने भएका छन् ।

अल–न्यु भेन्युमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र पर्फर्मेन्सको संयोजन गरिएको कम्पनीले जनाएको छ । गाडीको डिजाइनमा ट्विन हर्न एलइडी डीआरएल, होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस समावेश रहेको हुण्डाइ शोरुम पोखराका सेल्स तथा अपरेशन इन्चार्ज भीमसिँह खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका सुविधा रहेका छन् ।


पर्फर्मेन्सका लागि अल–न्यु भेन्युमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएस विथ ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) जस्ता सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा अल–न्यु भेन्युको सुरुवाती मूल्य रु ४८ लाख ९६ हजार तोकिएको छ । यो तीन भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन् ।
अल–न्यु भेन्यु पोखरास्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । ग्राहकले सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा पर्फर्मेन्सबारे जानकारी लिन सक्नेछन् ।
