नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले पोखरामा राष्ट्रिय फुटसल गर्ने, तयारी पूरा

हिमाली आवाज । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)ले पोखरामा छैटौँ संस्करणको राष्ट्रिय फुटसल गर्ने प्रतियोगिता गर्ने भएको छ । यही असोज ९ र १० गते हुने प्रतियोगिताको सबै तयारी पूरा भएको संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा महिलाका दुई र पुरुषका १५ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अनिल लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार प्रतियोगिताको मुख्य उद्धेश्य खेलकुदमार्फत देशभरका सिए प्रोफेसनलबीच आसपसी, सद्भाव, मित्रता, सहकार्य तथा पेशागत सम्वन्धलाई थप सुदृढ गर्नुहो ।

प्रतियोगितामा च्याम्पयिन टोलीले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यसैगरी उपविजेताले रु एक लाखर तृतीयले रु ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई रु १० हजार नगद सहित द क्लिफमा स्वी वा बञ्जी निशुल्क छ । सर्वाधिक गोलकर्तालाई रु १० हजार तथा अन्य विधागतरुपमा उत्कृष्ट खेलाडीले रु सात हजार पाँच सय तथा अन्य सुविधा पाउने नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ कास्कीका अध्यक्ष दीपक भुर्तेलले जानकारी दिनुभयो ।

Comments
Loading...