घाचोक दुग्ध उत्पादक सहकारी संस्थामा नयाँ नेतृत्व

हिमाली आवाज । दूधको हवको रुपमा विकास हुँदै गएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा क्रियाशिल घाचोक दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा दुर्गादत्त लम्साल चयन हुनुभएको छ ।

लामो समयदेखी नेतृत्व चयन हुन नसकेको सहकारीको हालै सम्पन्न चौथो अधिवेशनले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा याम बहादुर ठकूरी(अंमर ठकुरी), गाउँपालिका प्रतिनिधि नारायण दवाडी तथा सदस्यहरुमा लिलाभक्त लम्साल, थानेश्वर लम्साल, रशीरमण पोखरेल, पदमराज लम्साल, मीना सुवेदी तथा डिलमाया पुन रहनु भएको छ ।

कृषिमा हासिल गरेको अनुभव, निरन्तर कृषिमा आवद्धताका आधारमा नयाँ नेतृत्व चयन गरिएको बताइन्छ । संस्थाको सचिव र कोषाध्यक्ष छिटै मनोनित गरिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

स्थानीय श्रोत र साधन तथा उत्पादन को सहज बजारीकरण गर्दै संस्थालाई छिटो भन्दा छिटो औद्योगिकरण गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।
माछापुच्छ्रे गाउँपालिकाको घाचोक विशेष गरी दुग्ध उत्पादनमा जिल्लामा प्रख्यात रहेको छ । घाचोकबाटमात्र दैनिक तीन हजार लिटर दूध बिक्रीका लागि पोखरा आउने गरेको छ ।

Comments
Loading...