हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रुपमा विकास गरिने बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौँडास्थित सितापाईला घाटको व्यवस्थापन तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि आज आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उहाले सेतीनदी किनारमा धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
दृढ इच्छा शक्ति, इमान्दारिता र पारदर्शिताका साथ सञ्चालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उहाँले विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहको वताउनुभयो ।
पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासंगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महानगरले विशेष ध्यान दिएको जानकारी गराउँदै उहाँले धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा वाह्रय पर्यटकको बसाई अवधि वढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको विश्वास थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले सितापाईला घाटको व्यवस्थापन सम्पन्न भएसंगै सेतीनदीमा स्नान गर्न आउने भक्तजन तथा अन्त्येष्टि कार्यका लागि शवदाह गर्न आउने परिवारलाई थप सुविधा पुग्ने बताउँदै धार्मिक आस्था, संस्कार र संस्कृतिसंग जोडिएका यस्ता स्थलको संरक्षण र व्यवस्थित विकासलाई महानगरको प्राथमिकतामा रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तिको सहयोगमा कूल ५१ लख ७९ हजार रुपैयाको लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको कार्यक्रमा सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका कोषाध्यक्ष लेखनाथ चालिसेले जानकारी दिनुभयो ।उहाँका अनुसार विकास निर्माणका लागि पोखरा महानगरपालिकाले २७ लाख ८६ हजार ८१२ र विभिन्न संघसंस्था तथा व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैया सहयोग प्राप्त भएको थियो ।
सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका अध्यक्ष लोकराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिवराम भण्डारी, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी नगेन्द्र गुरुङ, विक्रम भण्डारी लगायतले बाटो निर्माणसंगै सेतीनदी किनारामा रहेको करिव ५० रोपनी सार्वजनिक जग्गालाई यातायातसंग जोडिएको हुँदा प्राचिन ढुडगेसाघु मेलाको व्यवस्थापनमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्रमुख आचार्यले दृढ इच्छाशक्ति, इमान्दारिता र पारदर्शिताका साथ सञ्चालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। विकास निर्माण सरकारको मात्र जिम्मेवारी नभई त्यसको संरक्षण र दीगो व्यवस्थापनमा नागरिकको पनि उत्तिकै भूमिका रहने उहाँले उल्लेख गर्नुभयो।
उहाँले पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महानगरले विशेष ध्यान दिएको जानकारी दिनुभयो। धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
सितापाइला घाटको व्यवस्थापन सम्पन्न भएसँगै स्थानीयवासीले धार्मिक गतिविधि सञ्चालन, सेती नदीमा स्नान तथा अन्त्येष्टि कार्य थप व्यवस्थित र सहज हुने अपेक्षा गरेका छन्।
रातोपैह्रा सामुदायिक वन समूहको अध्यक्षमा पोखरेल
गण्डकी,३१ असार ः रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहको २२ औ बार्षिक साधारण सभा एवम् १२ औ अधिवेशनले भगवान पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वतरुपमा चयन गरेको छ ।
समूहको उपाध्यक्षमा विष्णु थापा, सचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष द्धारिका श्रेष्ठ र सदस्यहरुमा कृष्ण रानामगर, शंकर श्रेष्ठ, रामचन्द्र कार्की, मिना गुरुङ, फिरोज ठुसाजु, रमेश थापा, धना चापागाई, संगम लामा ,नरवहादुर जलाहारी, शुशिल नेपाली, निरु नेपाली, ममता क्षेत्री कृष्णरानामगर, भिम कुमारी भुजेल, निरु नेपाली, ममता क्षेत्री, मिना गुरुड, धना चापाचाई, र डिलमाया गिरी रहनु भएको छ ।
त्यसै गरि अधिवेशनले लेखा समितिको संयोजकमा नरहरि पौडेलले र सदस्यमा वलराम वराल र सकुन्तला ढकाल सदस्य एवम् न्यायिक समितिको संयोजकमा युवराज अधिकारी र सदस्यहरुमा गणेश पौडेल र डिल्लीराम चापागाई रहनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले सो अविधेशनको रक्तचन्दनको विरुवामा सिन्चित गरि कार्यक्रमको उद्घाटन गर्दै वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा उपभोक्ता समुहले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको विकास एवम् वन उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याउँदै उहाँले वन क्षेत्रको प्रवद्र्धनका लागि वडा कार्यालयकोतर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत राजेन्द्र शर्माले उपभोक्ताको अथक प्रयासवाट वन क्षेत्रको विकास र विस्तारमा पुगेको योगदानले आज नेपाल विश्वसामु सामुदायिक वनको देशकारुपमा परिचित भएको बताउँदै प्राकृतिक श्रोतलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
सेतीनदीको किनाराको भिरालो पाखोमा अवस्थित साढे वाह्र हेक्टर क्षेत्रफलमा पैmलिएको वनमा हाल ९५ जना उपभोक्ता आवद्ध रहेको समुहका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम सञ्चालक हरि वास्तोलाले जानकारी दिनुभयो ।
२०५२ सालमा समुदायलाइ हस्तान्तरण गरिएको सो क्षेत्रमा तत्कालिन इलाका वन कार्यालय कुडहर एवम् स्थानीयवासिन्दाको सकृयतामा वृक्षारोपण गरिएको वन उपभोक्ता समितिद्धारा विभिन्न समय रापेका चाँप, उत्तिस,रुद्राक्ष, वाँस, लप्सी, पाउलोनीय तथा प्राकृतिक विरुवा हुर्केपछि यतिखेर हरियालीमा परिणत भएको उहाँको भनाई छ ।
कालजरुवा सज्विनधारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विक्रम वावु भण्डारीले पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्न समाजवाटै अप्ठेरो परिस्थिती श्रृजना हुने गरेकोमा दुख्ख व्यक्त गर्दै सामुदायिक वनको विकास र उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
समुहका कार्यवाहक अध्यक्ष टिका वहादुर द्धारेको अध्यक्षतामा भएको कार्यक्रममा ढुङ्गेसाघुँ बोर्डिङ स्कुलका पिन्सिपल विष्णु जिसी, एस एण्ड एस डेरी प्रालिका अध्यक्ष शिवहरि आचार्य, ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देव वहादुर थापा, वन समुहका सहसचिव भगवान पोखरेलले सामुदायिक वनको महत्व माथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा समुहका कोषाध्यक्ष समुहका कोषाध्यक्ष विष्णुमाया तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चार लाख वरावरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । वन क्षेत्रमा रहेको ओमकारेश्वर मन्दिर र वन समुह विच समन्वय नहुनु र विभिन्न समयमा परेका उजुरीका कारण समुहको अधिवेशन गर्न ढिलाई हुन गएको सो अवसरमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
