मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये बैठकमा १८ जना सांसदको उपस्थिति रहेको थियो।

बहुमत सांसदको बैठक बस्यो र बैठकमा उपस्थित सबैको सर्वसम्मतिले अविश्वास प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको बताइन्छ ।

Comments
Loading...