३६ सुरक्षाकर्मी सहित कास्कीमा १०१ कोरोना संक्रमित थपिए

हिमाली आवाज । आज विहानै पोखरामा १०१ कोरोना संक्रमित थपिएका छन् ।

वडा प्रहरी कार्यालय बगरमा कार्यरत ३१ प्रहरी र पाँच ट्राफिक प्रहरी सहित पोखरामा १०१ जनाका संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या छ हजार ७११ पुगेका छन् ।

Comments
Loading...