प्रतिनिधिसभा सांसद एवं पोखराका प्रतिष्ठित उद्योगपति केसीको निधन

हिमाली आवाज । प्रतिनिधिसभा सांसद एवं पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसीको गएराति निधन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको सोमबार राति १०ः३० बजे पोखरा–७ मुस्ताङचोकस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ प्रेसर तथा सुगरको बिरामी हुनुहुन्थ्यो । लामो समय राप्रपाको राजनीति गर्नुभएका केसी अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला काँग्रेस प्रवेश गर्नुभएको थियो ।

Comments
Loading...