भारतमा कोरोना संक्रमण घट्यो

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण घटेको छ । कुनै समय विश्वमै सबैभन्दा बढी संक्रमण हुने गरेको भारतमा विगत केही हप्तादेखि संक्रमण घट्दै गएको छ ।

भारतमा बितेको २४ घन्टामा ४६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो महिनासम्म भारतमा झण्डै दैनिक १ लाखको हाराहारीमा दैनिक संक्रमित थपिने गरेका थिए ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या ८५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १ लाख २६ हजारभन्दा बढी छ ।

Comments
Loading...