चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु

बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यहाँको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ को ज्यान गइसकेको छ ।

Comments
Loading...