मादीमा भोलीदेखी सार्वजनिक यातायात सञ्चालनमा आउने

हिमाली आवाज । कोरोना संक्रमण रोक्न कास्कीको मादी गाउँपालिकाले एक साताअघि गाउँपालिकामा सार्वजनिक यातायात बन्द गरेकामा भोली देखी पुनः यातायात सञ्चालनमा आउने भएको छ ।

गाउपालिकाले समुदायस्तरमा कोरोना फैलिएको कारण तिहारमा हुन सक्ने सम्भावित भीडभाड कम गर्न सार्वजनिक बस र जीप सञ्चालनमा रोक लगाएमा मंसिर ३ देखी यातायात सञ्चालनका लागि अनुमति दिईएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङले बतताउनुभयो ।

उहाँले भन्नुभयो,“तिहारमा यात्रा गर्दा यात्रु एवं गाउबासीहरु कोरोनाको उच्च जोखिममा पर्ने हुदा कोभिडबाट जनताको सुरक्षाको निम्ति गत कातिक २६ गतेबाट आज मंसिर २ गते सम्म सार्बजनिक यातायात बन्द गरिएकोमा भोली ३ गते बाट सुरक्षाको मापदण्ड अपनाई यातयात पुन सुचारु गर्ने निर्णय गरेका छौँ ।”

यातायात बन्द गरिएको अवघिमा ६० जनाको पिसिआर परीक्षण गरिएकामा आठ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

Comments
Loading...