काँग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने

हिमाली आवाज । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बस्नुभएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उहाँलाई पछि  ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

हाल उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको बताइन्छ ।

Comments
Loading...