पुलबाट लडेर कास्कीमा एकको मृत्यु

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ स्थित जलजला खोलाको पुलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गत मंसिर ४ गते विहान ९ बजेको समयमा भारत अछाम घर भई हाल पर्वत कुश्मामा बस्दै आएका अन्दाजी ५५ वर्षका सन्देन यादव पुलबाट लडेर घाइते भई पोखरामा ल्याइएकोमा उहाँको उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...