मौजाको हिमालय माविका विद्यार्थीलाई लायन्स गोल्डेन सोसाइटीद्धारा न्यानो कपडा वितरण

हिमाली आवाज । लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको आयोजनामा आज पोखरा २० मौजामा रहेको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरियो ।

साथै सोही कार्यक्रममा बाल स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरभित्र रहेर पनि ग्रामिण भेगमा पर्ने मौजामा रहेको हिमालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यानो कपडा सहित वाल स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले महानगरपालिका भित्र रहेको ग्रामीण भेग भएको र त्यहां अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा सहित शिविर आयोजना गरेकामा आभार व्यक्त गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर गुरुङले न्यायो कपडाबाट विद्यार्थीलाई चिसो मौसममा समेत विद्यालय आउन सहज हुने उल्लेख गर्नुभयो ।

लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी कोअर्डिनेटर किशोर बरालले लायन्स क्लवले दुर दराजमा रहेका वस्तीहरुमा आखा शिविर, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आइरहेको र हाल पोखरा नजिकै रहेको ग्रामीण भेगमा अवस्थित विद्यार्थीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयको आधारभुत तह कक्षा पाँच सम्म अध्ययनरत २६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै, स्वास्थ्य जांच र सचेतनाका लागी हात धुने र ब्रस गर्ने बानी पार्नका लागी समेत सचेतनामुलक कार्यक्रम गरिएको लायन्स क्लबका अध्यक्ष सविता आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा जोन चियर पर्सन निर्मला आचार्यले स्वागत गर्नुभएको थियो ।  भलाम स्वास्थ्य चौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरेले विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

Comments
Loading...