पोखरामा तीन कोरोना संक्रमितको मृत्यु,गण्डकीमा १६६ पुगे

हिमाली आवाज । पोखरामा पछिल्लो २४ घण्टामा तीन कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको अद्यावधिक पछिल्लो २४ घण्टाको विवरण अनुसार पोेखरा– १७ का ५७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज विहान ४ बजे मृत्यू भएको हो ।

यसैगरी पोखरा– ११ का ७२ वर्षीया महिलाको पोखराको फिस्टेल अस्पतालमा हिजो राति मृत्यु भएको हो ।

पोखरा– १२ का ८० वर्षीय पुरुषको पनि आज दिउँसो सवा १२ बजे फिस्टेल अस्पतालमा निधन भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

Comments
Loading...