नेकपाभित्रको आन्तरिक झगडाले विकासमा कुनै बाधा प्रदैन : मुख्यमन्त्री गुरुङ

हिमाली आवाज ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताउनु भएको  छ ।

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उहाँले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रदेश सरकारले जेष्ठनागरिक तथा अपाङ्ग भौतिक संरचना निर्माणमा जोड दिंदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलव्धी मूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकार सडक मानव रहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सवै पक्षको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

कोरोना भाइरस कोभिड–१९को उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उहाँले सरकारी अस्पतालले निशुल्क उपचार गर्दा पनि कतिपय विरामीलाई परिवारले नीजि अस्पतालमा लैजाने गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सरकार जेष्ठनागरिक प्रति गंभीर रहेको उल्लेख गर्दै आगामी दुई बर्षभित्र जेष्ठनागरिक भक्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक बर्षसम्म बुबाआमालाई आप्mनो तर्पmबाट खाजाको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

अर्का प्रदेश सभा सदस्य विन्दु थापाले समाजका जेष्ठनागरिकलाई घर घरमा दिनु पर्ने व्यवहार यथेस्ट नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसंगै उनीहरुलाई केही हदसम्म भएपनि सुविधा पुग्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य प्रभा कोइरालाले आप्mनो व्यक्तिगत तर्पmवाट ५० हजार १५५ रुपैया अक्ष्यकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु मिना गुरुङ र पुष्पा केसी भण्डारीले जेष्ठनागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले विगत लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताउँदै जनताले तिरेको करबाटै महानगरले विकासमा खर्च गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रको निरन्तरताको लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरि राजेश गुरुङले एक लाख, लोक बहादुर थापाले रु. ५० हजार र कार्य समितिकोतर्पmबाट १२ लाख रुपैया गरि कूल १४ लाख रुपैया जम्मा भएको अध्यक्ष दानबहादुर बानियाले जानकारी दिनुभयो ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल तीन लाखको लागतमा तीन तल्ले पक्कि भवन निर्माण गरिने छ । जसको पहिलो तल्लामा जेष्ठनागरिकको स्वास्थ्य परिक्षण, अध्ययन स्थल र भान्छा रहने छ भने दोश्रोमा प्रवचन तथा योगा हल तथा तेश्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ ।

आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गरि सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट एक करोड, पोखरा महानगरपालिकाबाट एक करोड र संघीय एवम् प्रदेश सभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वसन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

Comments
Loading...