पोखरामा भएको दुर्घटनामा १७ वर्षीया दुई युवती घाइते

हिमाली आवाज । पोखरा–५ जिरोकिमीमा आज भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

ग २ च ६२९५ नं भेन र प्रदेश नं ३–०२–००४ प ८७८६ नम्बरको को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार पोखरा–१४ चाउथे बस्ने १७ वर्षीया प्रिया केसी र स्नेहा बानियाँ घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबै सवारी साधन र भेन चालक लाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

Comments
Loading...