ओलीको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा)कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संसद विगठन गर्ने प्रधानमन्त्री ओलीको पार्टी,राष्ट्र र जनता विरोधी कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको समेत स्ष्ट पार्नुभएको छ ।

“म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।” अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि प्रचण्डले अपिल गर्नुभएको छ ।

Comments
Loading...