तीन दिन देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज (आइतबार) देखि मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भनेको छ ः तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Comments
Loading...