पोखरामा टिभिएसका १५० मोटरसाइकल तथा स्कुटर साटफेर

हिमाली आवाज । पोखरामा यही पुस १५ देखी २२ गतेसम्म सञ्चालन टिभिएस एक्सचेञ्ज कार्यक्रममा १५० मोटरसाइकल र स्कुटर साटफेर भएको छ ।
टिभिएस ब्राण्डको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिको आयोजनामा भएको एक्सचेञ्जमा वुईगो स्कुटर र मोटरसाइकल साटफेरको अवसर दिइएको थियो ।

एक्सचेञ्जमा ग्राहकको उत्साहजनक सहभागिता रहेको र टिभिएस ब्राण्डप्रति आकर्षण देखिएको बतास ब्रदर्श टिभिएस ब्राण्डका बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“हामीले आयोजना गरेको एक्सचेञ्ज क्याम्पमा टिभिएस ब्राण्डप्रति धेरैको आकर्षण पाइयो । गण्डकी धौलागिरी क्षेत्रमा ब्राण्डलाई स्थापित गराउन थप मद्धत पुगेको छ ।”

एक्सचेञ्जमा अफरमा बजार मुल्य भन्दा थप १५ हजार र शुन्य प्रतिशत फाइनान्सको सुविधा उपलव्ध गराइएको पोखरेलले बताउनुभयो ।
नेपालमा डिभिएस ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्स प्रालि रहेको छ ।

Comments
Loading...