हिमालयन बैंक र बतास अर्गनाईजेसनबीच खरिदकर्तालाई सर्वसुलभ फाइनान्स सम्झौता

काठमाडौं । आयसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिपररहरु खरिदकर्तालाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैंक र बतास अर्गनाइजेसनअन्तर्गत रहेको इस्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ ।

सम्झौतामा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनील थापाले हस्ताक्षर गर्नुभएको छ ।

इन्टर्न एजेन्सी आयसर ब्रान्डका विभिन्न सवारीसाधनहरु बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता हो । आयसर ब्रान्डका सवारीसाधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले सर्वसुलभ ब्याजदरमा अधिकतम पाँच वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैंकका देशभर रहेका शाखाबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेसनका प्रबन्ध सञ्चालक शान्तराज बतासले बताउनुभयो ।

साथै आयसर ब्रान्डका सवारीसाधन खरिद गर्न नेपालको पूर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढीसम्म २० भन्दा बढी शाखा तथा आधिकारी विक्रेताहरु रहेको कम्पनीले जनाएको छ ।

हाल नेपालमा आयसर ब्रान्डका करिब २० हजार सवारीसाधनहरु गुडिरहेको र सवारीसाधनमा लाग्ने पार्टसहरुका लागि दुई सयभन्दा बढी पार्टस्का विक्रेता रहेको कम्पनीले जनाएको छ ।

Comments
Loading...