माछापुच्छ्रे गाउँपालिकाले सञ्चालनमा ल्यायो लोकसेवा तयारी कक्षा

हिमाली आवाज । लोक सेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन शुरु गरिएको गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३५ युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरेको ।

महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गरेको हो । तयारी कक्षाको अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । आइतबार बिहानबाट नियमित कक्षा शुरु हुने जनाइएको छ ।

छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो ।उहाँका अनुसार राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्नेछ ।

Comments
Loading...