केटु हिमाल आरोहीलाई पर्यटन व्यवसायी भट्टराईको सम्मान

हिमाली आवाज । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहलाई लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सम्मान गर्नुभएको छ ।

लेकसाइडमा बुम¥याङ रेस्टुरेन्ट चलाएका व्यवसायीले भट्टराइले साहसिक आरोहणमा नाम लेखाएको भन्दै आरोहीलाई सम्मान गर्नुभएको हो ।

आरोहीका लागि सम्मान कार्यक्रम राखेका भट्टराइले नेपाल र नेपालीको शीर उच्च हुनेगरि नाम राख्न सफल भएको भन्दै आरोहीप्रति समग्र नेपाली नागरिकको सम्मान रहेको बताउनुभयो ।

पुर्जा सहितका १० जना आरोहीले हालैमात्र उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो । यसअघि पनि उनीहरुलाई पोखरामा पर्यटन व्यवसायीले नागरिक अभिनन्दन गरेका थिए ।

सोही अवसरमा धम्पुस पिक ६०१९) आरोहण गरेका गण्डकी प्रदेशका ६ जना आरोहीलाई पनि सम्मान गरेका थिए । टोलीमा रहेका टासी पासाङ्ग, मन गुरुङ्ग, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्लले माघ ३ गते सफल आरोहरण गरेका थिए ।

Comments
Loading...