मादी गाउँपालिकाको केन्द्र विवाद : अनुभूति र यथार्थता

१.गाउँपालिका केन्द्र,नाम र सिमाना बारे
पहिलो प्रस्ताव :
राज्य पुनःसंरचना हुँदा स्थानीय तह पुनःसंरचना आयोगले गाउँपालिकाको नाम, सिमाना र केन्द्र आयोगको कार्यविधि र मापदण्ड भित्र रही छलफलका लागि तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरेको थियो । जिविसले संयन्त्रको बैठकमा आफैले नामहरु राखेर छलफल गरायो । संयन्त्रले केही बुद्धिजीवी महिला र दलित प्रतिनिधि सहित पाँच समूह बनाई छलफल अगाडि बढायो । सो शुरुआतको प्रश्तावमा हालको रुपा गाउँपालिकाको अवधारणा थिएन । मादी,अन्नपूर्ण ,माछापुच्छ्रे, लेखनाथ र पोखरा आदि थिए । सो समूहले मादी नाम र केन्द्र भैँसे तोकेको हो । सिमानामा रहेको हालको पोखरा २० मौजा मादीमा थियो । सोही अनुसार अन्य स्थानमा जसरी मादीको भैँसेमा जिविसमार्फत एक पटक छलफल पनि भयो । मादी को क्षेत्रफल र भुगोल नमिलेकाले सबै भन्दा बढी विवादित भैँसे हुन पुग्यो । मादी दुईवटा बनाउनुपर्ने जोडदार माग थियो । मादी दुई वटा बनाउन भैँसे प्राय दलले स्वीकार गरेनन् । ढिकुरपोखरी पोखरामा राख्ने कि अन्नपूर्णमा तथा लेखनाथ र पोखरा एउटै बनाउने कि दुई साथै पहिचान र नामाङ्कनबारे पनि केही विवाद भएका थिए ।

२. राजनीतिक पार्टीसँग खाका माग
जिविसले विवाद टुङ्गाउन दलहरुसँग खाका माग गर्दा झन् फरक फरक खाका पेश भयो । आयोगको ‘टिओआर’कसैले मानेनन्, त्यो कार्यविधि जनताको पक्षमा थिएन । जनसंख्यालाई मूल मापदण्ड बनाएको सो कार्यविधिले जनताको माग र आवश्यकता सम्वोध हुन सक्ने थिएन, जनतालाई सेवा सुबिधा दिन संघियता आएकोमा झन् दुख पाउने खालको हुन पुगेको थियो । गाउँपालिका हुन करिव ३६ हजार जनसंख्या चाहिनेमा दलहरुले ४ र ५ हजार सम्म कै भएपनि स्थानीय तहको खाका पेश गरे जसमा तत्कालीन माओवादी केन्द्रबाट हालको मादी पूर्वमा थुम्सीकोट र पश्चिम सबी केन्द्र हुने गरी दुई तह गठनका लागि सिफारिस गरेका थिए ।

३. अन्तिम खाका पेश 
जिविसले दलहरुसँग छलफल गरे पछि ५ र ७ तह हुने गरी दुई खाका आयोगमा सिफारिस गरे । १ नं प्रस्तावमा ५ तह हाल भए बमोजिम र २ नं खाकामा हालका मादीका १,२,३,४,५,६,७ र मौजाको केही वडा सहित मादी १ र हालका ८,९,१०,११, १२ लाई मादी २ र लेखनाथ र पोखरा छुटाछुटै गरी ७ तह को सिफारिस गरे । मादी २ हुदा १ को सबि र २ को थुम्सिकोट केन्द्र तोकिएको थियो ।

४. मादी दुई बनाउने अभियान र राजनैतिक स्वार्थका कारण भैँसे विवादित
मादीमा प्रायले भैँसे केन्द्र नहुने भनेर विरोध गरे । भइसकेकाले मात्रा समर्थन गरे किनकी मादी २ स्थानीय तह बन्नु पर्छ भन्ने थियो भने राजनैतिक स्वार्थले पनि भइसकेको विरोध भएको नकार्न सकिन्न । राजनीतिक हिसावले एउटै मादी हुदा तत्कालीन एमाले तारकाङ, माझडी , नेपाली काग्रेस भैसे र माओवादी साझामा केन्द्र तोक्ने पक्षमा थिए । चुनावी घोषणा पत्रमा सबै दलले पाएक पर्ने स्थानमा केन्द्र तोक्ने उल्लेख गरेका छन् । साविक माओवादीको घोषणा पत्रको सम्पादन र अन्तिम ड्राफ्ट म आँफैले पनि गरेको हुदा स्पष्ट साझा आसपास केन्द्र सार्ने उल्लेख छ ।
५.जिविसले अन्तिम खाकामा केन्द्र तोक्दा कमिकमजोरी

मादीको केन्द्र र नाम बारे छलफल हुदा मैले क्होला राखौ भनेर भनेको थिए । साविक एमाले र काँग्रेसका संयन्त्रका दाईहरु दामोदर बैरागी र युवराज कुँबर ऐतिहासिक ठाउ क्होला भए पनि जातिय नभई भाषिक पहिचानमा जाऔँ ‘मादीस्यो’ लेखे पनि आपत्ति छैन भनेर भनेका थिए । क्होला र दुधपोखरी नाम हाल लमजुङले लेखेका छन् । तर केन्द्रमा पठाउदा पत्रमा मादीनै लेखेका रहेछन् । केन्द्रबारे बैठक लम्बिएको र साँझ परेकोले मलाई मादीका साथीहरुसँग सल्लाह गरेर भन्न भने । मैले तत्कालीन थुमाकोडांडाको सचिब र केही साथीहरु लाई सम्पर्क गरे र कम्युटर टाईप गर्न फोन आउदा साझा आसपास डिहिको डिल सम्मको जग्गा उपयुक्त हुने कुरा भने तर कम्युटर टाईप गर्नेले थुमाकोडाँडा डिहिको पाटन लेखी पठाएछन । पछाडि सहमतिमा केन्द्र तोक्ने गरी थुमाकोडाँडा उल्लेख भएको रहेछ ।

६. याङ्जाकोटमा गाउँपालिका कार्यालय स्थापना
गाउँपालिका कार्यालय स्थापना हुदा थुमाकोडाँडा उल्लेख भएता पनि स्थान ठोस नभएकोले थुमाकोडांडा को कार्यालय जहाँ छ, त्यहाबाट कार्यालय सञ्चालन गरौँ भनेर याङ्जाकोट साविक थुमाकोडाँडाको कार्यालय भएको स्थान याङ्जाकोटमा मादीको कार्यालय सञ्चालन हुन पुग्यो । यस अगाडि याङ्जाकोटको खासै केन्द्रको लागि चर्चा भएको थिएन ।

७. मादी दुई वटा बनाउन डेलिगेशन
मादीलाई दुई वटा बनाउन स्थानीय तह पुनः संरचना आयोग ,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म कास्कीका शीर्ष नेताहरु राजकाजी गुरुङ, बखानसिँह गुरुङ, दीपक कोइराला, गायत्री गुरुङ, तेज कुमारी पौडेल सहित सिहँदरबार गएका थियौँ । विकासको डेलिकेशन सहित मादीको भगौलिक कठिनाई बारे तत्कालीन मन्त्री हितराज पाण्डेलाई भन्यौँ । आयोगका अध्यक्ष बालान्द पौडेलले मादीमा वडाहरु विभाजनको मापदण्डमा लचिलो गराउन मद्दत गर्ने तर मादी दुई नहुने, उप केन्द्रको अवधारणा नरहेको , प्रष्ट जवाफ आयो । साविक सिल्दुजुरे र मिजुरेको २ वडामा विभाजन गर्ने पहिलेनै सिफारिस थियो भने थुमाकोडाँडा त्यहाँका राजनीतिकर्मी र समाजसेवी बुद्धिजीवीको अनुरोध र दवावमा २ वडामा पछि विभाजन भएको हो । यी वडाहरुमा मापदण्ड अनुसारको जनसंख्या नभएतापनि आयोगले हिमाली जिल्लाको आधार लिई लचकता अपनाएका हुन् । मादी २ बनाउन बने हिमाली जिल्लासँग समेत मेल नखाए पछि समस्या भएको हो ।
८.स्थानीय तहको निर्वाचन बहुमतमा भएकाले ६ महिनामा केन्द्र तोकिएन

स्थानीय तहमा मादीमा साविक एमालेले अध्यक्ष ,उपाध्यक्ष सहित ६ वडा अध्यक्ष र काँग्रेस र साविक माओबादीले ३÷३ वडा अध्यक्ष जितेकोमा बहुमतले ६ महिना भित्र कानुन बमोजिम गाउपालिकाको नाम र केन्द्र तोक्न सक्ने अधिकार हुदा पनि उक्त कार्य गर्न सकेन ।
संघ र प्रदेश को चुनावको असर हेरेर हो या अन्य कारण केन्द्र तोकिएन,यो अवसरको सदुपयोग गर्न नसकेकै कारण हाल दुई तिहाईका लागि अरुको भर पर्नुपर्ने तर विश्वास गर्न नसक्ने स्थिति पैदा भयो । जनताका लागि राजनीति भन्दा माथि उठेर सो निर्णय गर्न सक्नु पर्दथ्यो । बहुमतमा हुने दललाई सो कार्य गर्न नसकेकोमा आत्मालोचित हुन जरुरी छ ।

९. नेकपा पार्टी एकता पछि नेकपा दुई तिहाई नजिक निर्णय गर्न एक मत पुगेन । गाउँसभाको लागि तय भएको एजेण्डा फिर्ता याङ्जाकोट बासीले भोज सहित बाजागाजा
एमाले र माओबादी एकता पछि नेकपा दुई तिहाई पुग्न एक मत पुगेन । केन्द्रको निर्णय गर्न दुई तिहाई आवश्यक रहेकोले काँग्रेसको एक मतको लागि सहमतिको विकल्प छैन । नेकपाले संसदीय दलको बैठक राख्दै तारकाङ माझडी केन्द्र तोक्ने छलफल भयो । केही साथीहरुको फरक मत रहेता पनि पार्टीको निर्णय मान्ने भन्दै काँग्रेससँग छलफल ग¥र्याै । तारकाङ माझडी नभए याङ्जाकोट देउरालीमा सहमति गर्ने सम्मको तयारी नेकपाले गर्यो । आवश्यक तयारी नपुगेको हुदाँ सहमति हुन सकेन । सहमति नभए पछि चौथौ गाउँसभाको लागि तय भएको केन्द्र तोक्ने प्रस्ताव एजेन्डामा राखिएन । याङ्जाकोटबासी केन्द्र सार्ने प्रस्ताव नआउने भएपछि खुशीयाली भोज खाए । जनप्रतिनिधि पनि भोजमा सामेल भए, तर कानुन अनुसार एक पटक गाउपालिकाको केन्द्र सार्ने प्रस्ताव आउन सक्छ भन्ने हेक्का गाउँबासीले गरे पनि शंका गरेनन् । बुद्धिजीवीहरु बाहेक प्रायले सँधैका लागि याङ्जाकोटनै रहन्छ भन्ने बुझाई सहित बाजागाजा र नाचगान गरे ।

१०. गाउपालिकाको ३२ कार्यपालिका बेैठकमा प्रशासकीय भवन याङ्जाकोट देउरालीमा बनाउन डिपिआर गर्ने निर्णय : बाटो खन्यो तर जग्गा प्राप्ति भएन
गाउँपालिकाले गठन गरेका जग्गा छनोट गर्ने कार्यदल नै बनाईएको थियो तर त्यति ससक्त प्रभावकारी हुन सकिरहेको थिएन । तसर्थ स्थानीय स्तरमा जग्गा पासका समिति तथा जिम्मेवारी तोकिएको थियो तर सफल हुन सकेन । नेकपामा दुई तिहाई नपुग्ने भए पछि याङ्जाकोटमै भवन बनाउन गाउसभाको निर्णय चाहिदैन,याङ्जाकोट भन्दा अन्त लैजादा मात्रा हो निर्णय चाहिने बनेर हाम्रै पालामा भवन बनाउने भनेर देउरालीमा डिपिआर सहित भवन बनाउने निर्णय कार्यपालिकाबाट भयो ।साथै ठूलोस्वाँरा, कुलेडाँडाहरु समेत हेर्ने काम भयो।

सोही अनुसार देउरालीबारी जग्गा बाझो राखेर बाटो खन्ने काम भयो तर जग्गा पास भएन। के कति कारणले जग्गा पाउन नसकेको हो। सो बेला जिम्मेबारीमा रहेकाहरुबाट आउन जरुरी छ । कार्यपालिकाको बैठकमा पटक पटक यो बिषय उठेको हो तर गाउपालिकाको कमजोरी वा जग्गाधनी मध्यबाट कसैको कारण वा राजनैतिक कारण वा प्राबिधिक कारण जग्गा पास नभएको स्पष्ट हुन जरुरी छ। उक्त बेला हालको जसरी याङ्जाकोट बासीको एकता देखिएन याङ्जाकोटबासी झ्यालीपोखरीमै हुनु पर्ने देउरालीमा हुनु पर्ने गरी मतान्तर भए ,गाउँसभा बैठकबाट राख्नु पर्ने तर्क गर्दा मैले गण्डकीको राजधानी पोखरा भनेर तोक्दा पोखराको उपयुक्त ठाउ जहा पनि हुन सक्ने हुदा याङ्जाकोटको उपयुक्त स्थानमा बिबाद गर्न नहुने तर्क पेश गरेको थियो ।

तर झ्याली पोखरीबाट सार्न पाईदैन भनेर राजनीति शुरु भयो । केही विज्ञप्तिका कुराहरु पनि आए , राजनैतिक कारण देउराली भवन बनाउन लागेको भनि याङ्जाकोटवासीकै पूर्ण समर्थन पाउन नसकेको अनुभुती गरे । त्यसैगरि देउराली भन्नका लागि मात्रा हो की साँच्चै गर्नका लागि निर्णय गरेको गाउपालिकासँग पनि केही आशंका मनमै रह्यो । बैठकबाट निर्णय भए पछि एक पटक देउरालीको यथार्थता जानकारी गराउनु पर्दथ्यो । गाउपालिकाको नाममा जग्गा पास किन भएन ? जग्गा दिन को को मानेन ? किन नमानेका हुन , नमान्नुको कारण के हो , प्राविधिक समस्या के हुन् ? किन बाझो जग्गामा भवन नबनाएको ? यसको जिम्मेबार को को हुन , कुन पक्षको के कमी कमजोरी छ । यो विषय हाल आन्दोलनरत स्थानीयले बुझ्न जरुरी छ । गाउपालिकाको केन्द्र को आन्दोलन हुनु अगाडि बाझो जग्गालाई राखेकोले योजमा माग भएको बारे छलफल भएको थियो । मेरो मत बाझो जग्गालाई खेतीमा रुपान्तरण हुने योजना दिनु पर्ने रहेको थियो तर गाउपालिकाले केही भौतिक पूर्वाधारको योजना अगाडि सारेको छ ।
११. छैठौ गाउसभामा साझा बेतनि र याङ्जाकोट देउराली प्रस्ताव, नेकपा साझा बेतनीको पक्षमा काङ्ग्रेस तर्फका जनप्रतिनिधिबाट अन्तिम समयमा बहिष्कार अन्तमा ४ स्थान सर्व सहमतिले पारित

छैठौ गाँउसभामा गत वर्ष पुस २६ गते ४१ औ कार्यपालिकाले साझा बेतनी र याङ्जाकोट देउराली दुई स्थानमा केन्द्र तोक्ने बारे निर्णय भई पुस २७ र २८ गतेको गाउँसभामा बेलुका अवरेर सर्वसहमति नभएपछि निर्वाचनको तयारी भयो। २८ गते साझा बेतनीको पक्षमा दुई तिहाई पुग्ने लक्षण देखा परेछि काँग्रेसका ३ नं वडाका जनप्रतिनिधिले चुनावी प्रक्रियामा सामेल हुन नसक्ने जनाए । त्यसपछि काँग्रेस सम्पूर्ण चूनावी प्रक्रियाबाट बाहिरिए । रात परेको हुदा २९ गते बिहान निर्वाचन अगाडि बढाउने निर्णय भयो। तर २९ मा चुनावी प्रकृया हटाएर सर्बसहमतिको पहल गर्दै माघ ३ गते गाउसभा बस्ने गरी अधिवेशन स्थगित भयो । माघ ३ गते कार्यपालिकाको दुई स्थान सहित थप दुई स्थान थपेर ४ स्थानमा गाउपालिकाको केन्द्र तोक्न राजनैतिक सहमति सहित प्राबिधिक बिज्ञ खटाई ४ स्थान मध्य उपयुक्त स्थानमा गाउपालिका केन्द्र तोक्न सर्वसहमतिले निर्णय पारित गरियो। गाउसभामा कायम रहेका ६३ जना मध्य ६२ जनाले सो प्रश्तावको पक्षमा हस्ताक्षर गरका छन् भने एक जना अनुपस्थित हुनुहुन्छ । सोही प्रस्ताब बमोजिम १ नं मा साझा बेतनी असपास १ कि मि भित्रको क्षेत्र , २ नं याङ्जाकोट देउराली आसपास १ कि मि भित्रको क्षेत्र ,३ नं माझाडी तारकाङ आसपास १ कि मि भित्रको क्षेत्र र ४ नं मा हाल रहेको याङ्जाकोट झ्याली पोखरी आसपास क्षेत्र तोकी पठाउने निर्णय भएको हो ।
१२. नेकपामा माझाडी र साझा बेतनीको मतभेद केन्द्रको असर हुन सक्ने संकेत

गाउँसभाको निर्णय कार्यन्वयन गर्न नेकपामा सांसदहरुले छलफल गर्न नखोजेको र छलफलमा बोलाउदा किन छलफल गर्नु पर्यो ४ मध्य एक स्थानमा हुन्छ भनेतापनि ३ र ४ नं बाहेक सबै वडाका नेताहरुले साझा बेतनी हुनु पर्ने मत थियो। केन्द्रीयताको नाममा जनवाद कमजोर नहोस भनेर धेरै पटक छलफल भयो । माझडीमा लागेका नेताहरुसँग मैले साझा बेतनीको पक्षमा खुलेर बहस गरेँ । म याङ्जाकोटबाट सर्ने भए साझा बेतनीनै सार्नु पर्ने अन्यथा राजनीतिक कारण मात्र नहेरी सार्न नहुने पक्षमा अडिग छु र रहिरहने छु । मध्यपहाडी लोकमार्ग छुने गरी साझा बेतनीको पक्षमा घोषणा पत्रमा पनि उल्लेख भएकोले यो निर्णयबाट हामी बिचलित हुनु हुदैन । राजनीति जनताको लागि गर्ने हो। पार्टीको असहमतिहरु जनताको प्रत्यक्ष सरोकार राक्ने एजेण्डामा जोड्नु हुदैन । हाल नेकपाको केन्द्रमा ओली समूह र माधव प्रचण्ड समुह भएसँगै केही असहजता हुन सक्छ । मतभेद नयांँ रुपमा जान सक्छ । तर केन्द्रबारे गाउसभाको निर्णय भन्दा फरक तबरले जानु हुदैन ।

१३. प्रदेश सरकारको सिफारिस एक बर्षपछि
गत बर्षको गाउसभाको निर्णय बल्ल यस वर्ष गण्डकी प्रदेश सरकारले संघमा सिफारिस गरेको छ । थप स्पष्ट हुन केही बिवरण सहितको पत्राचार गाउपालिकालाई गरे पछि गाउपालिकाबाट थप स्पष्ट पत्र पाएसँगै गाउँसभामा प्राथमिकता नं १ रहेको साझा बेतनीमा केन्द्र तोक्न संघमा सिफारिस गरेको हो । राज पत्रमा संघ सरकारले प्रकाशित गर्न बाँकीनै छ ।

१४) कार्यपालिकाको ६० आँै बैठक सहज वातावरण बनाउन अनुरोध, सेवा नरोक्ने निर्णय
गाउपालिकामा आन्दोलन र तोडफोड भएपछि कार्यपालिकाको ६० औ बैठक मादी–५ चितेपानीमा सम्पन्न भयो । बैठकले शान्तिपूर्ण आन्दोलनको समर्थन र तोडफोड र गाली गलौचको भर्सना गर्ने निर्णय गर्यो। तोडफोड गर्नेहरुले आत्मालोचना सहित कारवाहीका कुरा पनि आए । राजनीतिमा जनतालाई बिद्रोहको अधिकार रहेको हुदा आत्मालोचना सहित अगामी दिनमा आन्दोलन तोडफोड र अपशब्द वोल्ने र संघातिक आक्रमणवाट टाढा राख्नु पर्ने हुन्छ ।

यसैलाई मुद्धा मामिलामा गई असहज स्थिति निम्ताउनु हुदैन । स्थानीयले लगाएको ताला प्रहरीले खोलेको र स्थानीयबाट आक्रोशपूर्ण हर्कत पछि हाल गाउपालिका पदाधिकारी र कर्मचारी याङ्जाकोट गएका छैनन्। स्थानीयले पुन ताला लगाएकामा हाल सहज वातावरण छ भन्दै अदालतमा मुद्धा दर्तापछि स्थानीयको सहमतिमा प्रहरीले ताला खोलेता पनि आन्दोलनकारीबाट असुरक्षित रहेको र गल्तीको अनुभुती नगरुन्जेल कर्मचारी र पदाधिकारी गाउँपालिका गएका छैनन् । योजना र दैनिक कामकाज ठप्प हुने भएपछि वैकल्पिक स्थानबाट सेवा सुचारु गर्ने प्रस्ताव बैठकमा छलफल भयो। मैले जनताको सेवा झोलाबाटनै दिने भए सबि र थुम्सीकोट २ स्थानबाट दिउँ भनेर छलफलमा उठाएको थिएँ । केहीले तारकाङ उठाएकोमा अन्तमा चाडै सहज स्थिति पैदा गराउने नभए चितेपानीबाट सेवा सुचारु गर्ने र अवस्था सहज भएपछि गाउपालिका कार्यलयबाटनै सेवा दिने निर्णय गरेका छौँ ।

१५. स्थानीयको आन्दोलन शान्तिपूर्ण र संयमित बनोस्
गाउपालिकाको केन्द्रबारे प्रदेश सरकारले निर्णय भएको खबरसँगै स्थानीयले चासो दिएका छन् । गाउँपालिकाबाट गाउँसभाको निर्णय पठाएता पनि थप बिबरण खुलाई पठाउदा याङ्जाकोटको जग्गा अप्रयाप्त र अपाएक उल्लेख गरेको भनी थप आन्दोलन भएको जस्तो लाग्छ। केही महत्वपुर्ण पत्राचार गर्दा अध्यक्ष ज्युले छलफल गरेको भए विवाद कम हुने थियो । यसमा आत्मालोचना जरुरी छ।तर हामिले बुझ्नुपर्ने माझडी सबै अनुकुल उल्लेख गरेता पनि प्रदेशले गाउँसभाको १ नं प्राथामिकतामा रहेको साझा नै सिफारिस गरेकोले शब्दलेनै केन्द्र सर्न खोजेको भनेर बुझ्नु हुदैन । आन्दोलनमा स्थानीय गाउबासी सबै पार्टीको आबद्ध छन् ।तर नेतृत्वको कमाण्डमा शान्तिपूर्ण आन्दोलन होस् । जनप्रतिनिधिको पद लाई सम्मान गरियोस्् । मर्यादित शब्द चयन होस , तोडफोड र सांघातिक हमला नहोस् । डर धम्कीबाट नभई कानूनी र छलफलबाट सर्वसहमतिमा सबैको अस्तित्व स्वीकार गर्र्दै मादीको समृद्धिको यात्रामासँगै अगाडि बढौँ । कानून बिपरित गाउपालिकाको निर्णय भएको रहेछ भने आदलतको निर्णय सबैले मानौँ । हिजो सर्वसहमतिले दुई तिहाई कतै नहुने भए पछि देउरालीमा भवन बनाउनु पर्छ भनेर लागेकै हो । यो अवसर गुम्न पुग्यो । हाल कानूून नुसार मिलेमा साझा बेतनीमा हुनुपर्छ भनेर पहल गरौँ ।

१६.एक्यवद्धता विज्ञपप्तिबाट मागौँ, भाषणमा भर नपरौँ, केन्द्र सोधौ ।याङ्जाकोटलाई प्रिय भई मीठो बोल्नेलेनै धोका दिईरहेका छन् ।
नेताहरुमा एक्यवद्धताको होडबाजी छ ।कोही फोन गरेर कोही मञ्चमै पुगेर कोही भेटघाट गरेर याङ्जाकोट बासीको प्रिय नेता बन्न खोजेका छन् । तर म ढाटे राजनीति गर्दिन ।नेताहरु सबैले स्पष्ट भन्न जरुरी छ । गाउँसभाको निर्णय गलत छ भनेर मात्र हुदैन मादीको केन्द्र कहाँ स्पष्ट भन्नु पर्दछ। याङ्जाकोटमा गएर याङ्जाकोट भन्ने, मिजुरे गएर भँैसे भन्न पनि सक्छन् । तसर्थ पार्टीहरुको एक्यवद्धताका लागि मादी र जिल्ला कमिटिको आधिकारीक धारणा विज्ञप्ति माग्नुहोस्, विज्ञप्ति अर्मूृत हैन । केन्द्र कहाँ हो स्पष्ट लेखेर दिनु प¥र्यो। म स्पष्ट पार्न चहान्छु नेपाली काङ्ग्रेसले भैसै , एमालेको माझाडी तारकाङ र माओबादीको साझामा केन्द्र बनाउने मनसाय थियो तर हाल साझा बेतनीको पक्षमा साझा धारणा बनेको हो। यदी यो निर्णय लागू भएन भने पुनः अर्को निर्वाचनमा यदी काँग्रेसकै बहुमत आए छ भने पनि याङ्जाकोट नभई भैँसेनै तोक्ने देख्दछु । नेकपाको त भन्नै परेन ।

सबै पार्टीकै हुईप मान्नेछन् । तसर्थ राजनैतिक निर्णयनै मुख्य हो। हाल भोट दिन्न , बहिष्कार भनेर मात्र हुदैन याङ्जाकोटबाट केन्द्र दायाँबाया हुन दिन्न भनेर बिज्ञप्ति फाल्ने बाहेक सबै अवसरबादी र धोकेबाज हुन् । मनमा एक थोक र मुखमा अर्को बोलेको भनेर बुझ्नु जरुरी छ। कसैको बहुमत नआउने र सहमति नहुने बेला सम्म याङ्जाकोटमा राजनैतिक माहोल केन्द्रले तातिरहने देख्छु । तसर्थ राजनीतिक दलहरुको समेत सहमतिमा अगाडि बढौँ । मध्यपहाडी लोकमार्गको छुने ठाउ साझा बेतनीनै उपयुक्त ठाउ हो । गाउँसभाको निर्णय पालना गरौ। जनताको लागि राजनीति गरौँ, राजनीतिका लागि मात्र राजनीति नगरौँ । धन्यवाद

(लेखक : गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष हुन् । )

Comments
Loading...