‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय भलिबल : म्याग्दी र तनहुँ च्याम्पियन

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् ।
पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ शनिबार सम्पन्न फाइनल खेलमा महिलातर्फ राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
म्याग्दीले पर्वतलार्ई २५–१४, २५–१५ र २५–१७ अङ्कले पराजित गरी रु दुई लाख नगद सहित ट्रफी पायो भने उपविजेता बनेको पर्र्वतले रु एक लाख नगदमा चित्त बुझायो ।
यसैगरी पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधि सहित रु दुई लाख पुरस्कार प्राप्त ग¥र्यो भने उपविजेता बनेको स्याङ्जाले रु एक लाख पुरस्कार पायो । तनहुँले २३–२५, २५–१७,२५–२०,१३–२५ र १५–१० अङ्कले स्याङ्जालाई हराएको हो ।
पुरुष तर्फको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले म्याग्दीलाई ३–१ सेटमा पराजित गर्न सफल भयो भने महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हरायो । तृतीय स्थान प्राप्त गर्न सफल महिला पुरुष दुबै टोलीले समान रु ५० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ गतेदेखी शुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष टोलीले सहभागिता जनाएका थिए ।
महिला तर्फ राष्ट्रिय भलिबल टोलीका कप्तान म्याग्दीका शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो भने पुरुष तर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो ।
महिला तर्फ उत्कृष्ट स्पाईकर तनहुँका उषा भण्डारी, डिफेण्डरमा कास्कीका अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतका हिरा केसी, सर्भरमा म्याग्दीका कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ उत्कृष्ट घोषित हुनुभयो ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहँुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङ्जाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनहँुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित हुनुभई जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नुभयोे ।
प्रतियोगिताको विजेता टोली तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सङ्घका अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...