पोखरामा खुल्यो लोकप्रिय ‘डल्ले मःम’ को शाखा

हिमाली आवाज।काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा खुलेको छ ।

पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखाको मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गर्दै काठमाडौंको मःम पोखरामा आएको खुःशी व्यक्त गर्नुभयो । लकडानका बेला अप्ठेरोमा परेकालाई सगँ सँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताउनुभयो । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान गर्दै आएको मःमको पोखरामा ११ औ शाखा हो ।

पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याउनुभएको हो । पोखरामा एक वर्ष पहिलेनै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । उहाँले भन्नुभयो,‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’

‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताउनुभयो । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उहाँको भनाई छ । करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उहाँको भनाई छ ।

सन् २०११ देखी डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याउनुभएको थियो । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचनले बताउनुभयो ।

Comments
Loading...