प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन, प्रमुख सचेतकमा गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) चयन हुनुभएको छ ।

मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन गरेको हो । बैठकले राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो । माओवादी केन्द्रमा दलको उपनेता र सचेतक चयन हुन बाँकी छ ।

Comments
Loading...