भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्योे

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको दर दैनिक बृद्धि भैरहेको छ । दिनदिनै नयाँ रेकर्ड कायम हुने क्रम चलिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन कोरोना संक्रमित पुष्टि भएको यो संख्या यो वर्षकै सबैभन्दा धेरै हो ।

पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या वृद्धि भएसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।
भारतमा १ करोड १२ लाख ६२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ छ ।
त्यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ ।

Comments
Loading...