गाई फार्ममा युवकको हत्या

काठमाडौँ । भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताउनुभयो ।

विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

Comments
Loading...