संक्रमण बढेपछि शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ ।सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।यसअघि शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो । पछिल्लो समय देशभर कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो भेरियन्ट सहितका संक्रमित बढेपछि नेपालका सीमाना जोडिएको जिल्लामा सरकारले चेक जाँच र परीक्षणलाई कडा पारेको जनाएको छ ।

Comments
Loading...