‘भेटेरिनरीयनहरु पशु उपचार र रेखदेखसँगै मानवता बचाउनका लागि पनि चाहिन्छ’

 डा. राजेश कुमार चौधरी
पशु चिकित्सक
पशुपंछी तथा मत्स्य विकास
निर्देशनालय, पोखरा
सचिव
नेपाल भेटेरिनरी एशोसिएसन, गण्डकी प्रदेश

विश्व भेटेरिनरी दिवश हरेक वर्ष अप्रिल महिनाको अन्तिम शनिबार विभिन्न नारामा रहेर विश्व पशु स्वास्थ्य संगठन का सम्पूर्ण राष्ट्रहरुले भेटेरिनरियनहरुले गरेका अतुलनिय सेवाको प्रवद्र्धन गर्न यो दिवस मनाउने गर्दछन् ।

यसका लागि विश्व भेटेरिनरी एशोसिएसनले विश्व पशु स्वास्थ्य संगठनसँग सहकार्य गरी मनाउने गर्दछ । हाल विश्व पशु स्वास्थ्य संगठनमा १८२ सदस्य राष्ट्रहरु छन् भने विश्व भेटेरिनरी एशोसिएसनमा ७० भन्दा बढी सदस्य राष्ट्रहरु रहका छन् । हाल विश्वमा १८ लाख भन्दा बढि भेटेरिनरीयनहरुले पशु स्वास्थ्य सेवामा रहेको अनुमान गरिएको छ ।

यस दिनलाई भेटेरिनरीयनहरुले विशेष पर्वका रुपमा मनाउने गर्दछन् । विभिन्न राष्ट्रहरुमा विभिन्न किसिमका सचेतनामूलक गतिविधिहरु हुने गर्दछ । हरेक वर्ष विश्व भेटेरिनरी दिवसको विभिन्न नाराका साथ सेमिनार, गोष्ठी, विद्यालय शिक्षा कार्यक्रम, मेडिया अभियानका रुपमा पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएमहरुमा सूचना प्रवाह, चेतनामूलक ¥याली तथा मेला महोत्सवहरु गरी विश्वव्यापी कार्यक्रमहरु सञ्चालन गर्दछन् । यसका साथै केही मुलुकहरुमा विभिन्न पशुहरुको प्रदर्शनी कार्यक्रम जस्तै डग सो, पशुहरुको सौन्दर्य प्रतियोगिता, आदि हुने गर्दछ ।
पशुको उपयोगिता बारे जानकारी प्रदान र पशु चिकित्साको महत्व बारे विभिन्न माध्यमबाट प्रदान गर्ने कार्यहरु गरिन्छ । हरेक वर्ष विश्व भेटेरिनरी एशोसिएसन र विश्व पशु स्वास्थ्य संगठन द्वारा “विश्व भेटेरिनरी दिवस पुरस्कार“ प्रदान गर्दछ । यसका सदस्य राष्ट्रहरु मध्ये सो वर्षको नारामा आधारित कार्यमा उत्कृष्ट योगदान पु¥याए बापत यो पुरस्कार प्रदान गर्ने गर्दछ । यस दिनलाई सबै भेटेरिनरीयनहरुले पशुको सु– स्वास्थ्य र समाज कल्याणका लागि गरेको योगदानलाई समाजमा देखाउने अवसरको रुपमा लिने गर्दछन् ।

हरेक वर्षको नारा पशु र मानवबीचको अन्तरसम्बन्धको सेरोफेरोमा गरिएको हुन्छ । त्यसैले यो दिन भेटेरिनरीयनले समाजमा गरेको योगदानलाई महसुस गराउने पर्वको रुपमा मनाउने गर्दछन् ।

भेटेरिनरीयनहरु पशुको उपचार र रेखदेखका लागि मात्रै नभइ मानवता बचाउनका लागि पनि चाहिन्छ । असल मानिसको पहिचान पशु प्रति असल व्यवहारबाट पनि झल्किने हुँदा मानवताको पहिचानको लागि समाजमा भेटेरिनरीयनहरुको आवश्यकता रहेको छ । जसरी हाल कोभिड–१९ को संकटकालबाट बचाउन स्वास्थ्यकर्मीहरु दिनरात खटिएका छन् त्यसैगरि भेटेरिनरीयनहरु पनि पशुहरुको महामारीमा पनि दिनरात खटेर पशुको क्षति र कृषकको धन क्षति हुनबाट जोगाउने गरेका छन् ।

पशुको स्वास्थ्य मात्रै नभइ कोभिड–१९ को रोकथाम तथा महामारी नियन्त्रणका लागि योजना तयार गर्ने कार्य देखि रोग अन्वेषणका कार्यहरु गर्नुका साथै उपलब्ध श्रोत साधनहरु जस्तै प्रयोगशालाको प्रयोग तथा उपकरण सहयोग गरि कोभिड–१९ को रोकथाम र अन्वेषणमा सहयोग गर्दै आएको छ ।
यसै सन्दर्भमा यो वर्षको विश्व भेटेरिनरी दिवश सन् २०२१ को अप्रिल २४ तारिख अर्थात वि.सं. २०७८ को बैशाख ११ गते परेको छ । यस वर्षको विश्व भेटेरिनरी दिवशको मूल नारा“VETERINARIAN RESPONSE TO COVID 19 CRISIS!” अर्थात्“कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया“ रहेको छ। यस वर्ष भेटेरिनरीयनहरुले कोभिड–१९ नियन्त्रणका लागि गरेको सहयोग झलकाउने किसिमको हुने भएकोले भेटेरिनरी पेशाको महत्व पशु स्वास्थ्य मात्र नभइ मानव स्वास्थ्यसँग पनि निहित रहेको छ भनि प्रवद्र्धनात्मक कार्यका लागि यो वर्षको विश्व भेटेरिनरी दिवश २०२१ मनाउन लागिएको हो ।

नेपालमा पनि बिगत देखि नै विश्व भेटेरिनरी दिवशहरु विभिन्न ज्ञानमुलक गतिविधि मार्फत मनाउदै आइरहेको छ। यो वर्ष पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल भेटेरिनरी एशोसिएसन र अन्य संस्थाहरुको संयुक्त आयोजनामा दिवश मनाउने निर्णय भएको छ । जस्तै यस वर्षको नारामा रहेर सेमिनार तथा विभिन्न गतिविधिहरु,साथै गण्डकी प्रदेशमा पनि सबै जिल्लाहरुमा आ–आफ्नै किसिमले विश्व भेटेरिनरी दिवश २०२१ मनाउने निर्णय भएको छ भने पोखरामा पनि भव्यताका साथ मनाउने निर्णय भएको छ ।

तर कोभिड–१९ का कारणले धेरै मानिसहरुको भिडभाड गर्न नहुने भएकोले भिडभाड कम गर्न यस वर्षको मूल नारामा रहि अन्तरविद्यालय निबन्ध प्रतियोगिता गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गर्ने साथै विभिन्न मेडियाहरुबाट सन्देशमूलक तथा सचेतनामूलक सूचनाहरु प्रवाह गरी विश्व भेटेरिनरी दिवश सम्बन्धी जानकारी गराइने छ ।विभिन्न जिल्लाहरु जस्तै लमजुङ, बागलुङ र मुस्ताङमा कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्ने कार्यक्रम छ । स्याङ्जामा गौशालामा सहयोग र गोरखामा रेबिज उन्मुलनका लागि ३ दिने निशुल्क रेबिज खोप कार्यक्रम संचालन गर्ने कार्यक्रम तय गरेको छ भने बाँकी जिल्लाहरुमा सचेतनामूलक कार्यक्रमहरु गर्ने भएको छ।

Comments
Loading...