‘भेटेरिनरीलाई अत्यावश्यक सेवामा राखेपछि सहज भयो’

डा प्रेरणा सेढाइ(भट्टराई)

वरिष्ठ पशु चिकित्सक 

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय

कार्यक्रम संयोजक

 विश्व भेटरिनरी  दिवस—२०२१ 

नेपालमा अलि ढिला भएपनि भेटरिनरी क्षेत्रमा विश्वव्यापी रुपमा  धेरै अघि बाट पहल हुँदै आएको थियो । सन् १९९३ मा पशु स्वास्थ्य र कल्याणका लागि भनेर विश्व भेटेरिनरी एशोसिएशन स्थापना भयो । पछिल्लो समय यसले जनस्वास्थ्य र वातावरणलार्ई पनि सँगै जोडेर ल्याएको छ । यसलाई समग्रमा एक स्वास्थ्य भन्ने पनि गरिएको छ ।

यही एशोसिएसनले सन् २००१ मा अप्रिल महिनाको अन्तिम शनिबारलाई विश्व भेटेरिनरी दिवसका रुपमा मनाउन शुरु गरेको हो । भेटेरीनरी पेशा र काममा  सुधार ल्याउने र पशु स्वास्थ्यमा सुधार ल्याउनु यसको प्रमुख उद्धेश्य रहिआएको छ । कालान्तरमा मानव स्वास्थ्य, वातावरण, खाद्य सुरक्षा लगायतका विषय समेत यसले ध्यान दिँदै गएको छ । नेपालमा पनि सन् २००८ पछि यस दिवस मनाउन लागिएको हो । वर्षेनी विभिन्न –थिम)नारामा केन्द्रीत रहेर यस दिवस मनाइन्छ ।

गण्डकी प्रदेशमा वैशाख ११ गते यस दिवस मनाउनका लागि विभिन्न सरोकारवालाहरुको बैठक बसेर कार्ययोजना बनाएका छौँ । गत वर्र्ष कोभिड १९ को संक्रमण बढेकाले मनाउन नसकेपनि यस वर्ष निरन्तरता दिएका छौँ ।

विद्यालय तहका बालबालिकाहरुमा समेत भेटेरिनरी र यसको महत्वका बारेमा सचेतना जगाउनुपर्दछ भनेर निवन्ध प्रतियोगिता आयोजना गरेका छौँ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गर्नेछौँ । त्यसैगरी सबै सरोकारवालाहरुलाई भेला गरेर कोभिड १९ ले पशुपालन क्षेत्रमा पारेको प्रभाव र असरका बारेमा अन्तरक्रिया गर्दछौँ । हामीले गर्ने कार्यक्रममा सरकारले तोकेका सबै स्वास्थ्य मापदण्डको पालना गर्नेछौँ ।

कोभिड १९ ले भेटेरिनरी क्षेत्रमा धेरैनै असर पारेको छ । शुरुआतमा यसले मानिसमा ठूलो डर सिर्जना गरेको थियो । पहिलो प्राथमिकतामा मानव स्वास्थ्य परेकाले भेटेरिनरी प्राथमिकतामा परेन ।

पशु स्वास्थ्यलाई अत्यावश्यक सेवाभित्र राखिएको थिएन जसले गर्दा पशुपालनका लागि अत्यावश्यक दाना, औषधी, चल्ला, अण्डा तथा दूधको विक्री वितरण र ओसारपसारमा समस्या भयो । भेटेरिनरीलाई अत्यावश्यक सेवाभित्र राखिनुपर्दछ भनेर हामीले सरकारसँग माग गरौँ । अत्यावश्यक सेवामा राख्नका लागि सर्वोच्चमा रिट पनि हालेका थियौँ । पछि हामीले जित्यौँ । पछि भेटेरिनरीलाई अत्यावश्यक सेवामा राखिएपछि अलि सहज भयो । कोभिड १९ को शुरुआतमा किसानहरुलाई समस्या भएपछि विस्तारै सहज बनेको छ ।

भेटेरिएनहरु अग्रपंक्तिमा खटिएर कृषकको सेवामा लागिपरेका छौँ । कोभिड संकटको बेलामा पनि हामीले आफ्नो कर्तव्य निर्वाह गरौँ र कुनै दिनपनि काम रोकेनौँ । विश्व भेटेरिनरी दिवस २०२१ का अवसरमा सबैमा हार्दिक शुभकामना सहित पशु स्वास्थ्य र सेवाका लागि अनवरत लागि पर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

Comments
Loading...