प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

काठमाडौँ । नयाँ प्रधानमन्त्रीका लागि वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दावी गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेपछि दुबै नेताले छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाउनुभएको छ ।हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् । तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् ।

विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाउनुभएको थियो ।

ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । विपक्षी गठबन्धन काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एमालेको माधव नेपाल पक्षले हस्ताक्षर गरेका छन् ।

दुबै पक्षबाट बहुमत दावी सहित राष्ट्पतिलाई हस्ताक्षर बुझाएपछि राष्ट्पति भण्डारीले अब कसलाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ चासोका साथ हेरिएको छ ।

Comments
Loading...