माछापुच्छ्रेका वडा सदस्य मगरको निधन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१  का वडासदस्य कहिले मगरको निधन भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट विंस २०७४ को स्थानीय तहको निर्वाचनमा वडासदस्य पदमा निर्वाचित ५५ वर्षीय मगरको सोमबार निधन भएको सोही वडाध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

वडा नं १ को साँदल निवासी मगर पेटसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्व. मगरको श्रीमति, तीन छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको सोमबारै अन्तिम संस्कार गरिएको छ । मगर नेपाली काँग्रेस वडा इकाई समितिको सदस्य समेत हुनुहुन्थ्यो ।

विकासप्रेमी, इमानदार र जनताको मनमा बस्न सफल वडा सदस्य मगरको निधनबाट आफूहरु दुःखित भएको र वडाध्यक्ष गुरुङले बताउनुभयो ।

Comments
Loading...