माछापुच्छ्रे गाउँपालिकामा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु भएको छ ।

हिजो राति अन्दाजी ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको सोही वडाका वडाध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिनुभयो । महिलाको शव घटनास्थलदेखी २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...