नेलम्बोद्धारा माछापुच्छ्रेको धम्पुसमा वृक्षारोपण

हिमाली आवाज । पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले कास्कको माछापुच्छ«े गाउँपालिका वडा नं ७ धम्पुसमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ ।

धम्पुस डाँडामा गत वर्ष ८०० विरुवा वृक्षारोपण गरेको र यस वर्ष त्यस समुदायको मागलाई मध्यनजर राखि एक हजार २० डाले घाँसका विरुवाहरु, बकाइनो १५० वटा, राइखन्यु १५० , टाँकी १५० , भटमास १५० वटा, जापानीज कटुस २० वटा, इपिलिपि १०० वटा, बडहर १५० वटा र कुरिलो १५० रोपिएको हो ।

धम्पुसको सिर्जनाटोलमा रहेको सिर्जना साँस्कृतिक परिवारको रोवहरमा अध्यक्ष रामचन्द्र भण्डारी, टोल संयोजक गोविन्द राज भण्डारी, समाज सेवी अमृत कुमार भण्डारी लगायतको नेतृत्वमा वोट विरुवा हस्तान्तरण गरी वृक्षारोपण गरिएको हो ।

प्रतिकुल मौसमका बावजुत पनि स्थानीयको अग्रसरताले उक्त बोट विरुवा रोपीएको हो । त्यस टोलमा पछिल्लो समय युवाहरु आधुनिक कृषि पेशालाई अगाडी बढाएको र करिब ७० घर कुरीया मध्ये ५० प्रतिशतले बाख्रा पालनवाट राम्रो सफलता हाशिल गरेको हुदाँ अन्य बोट विरुवा भन्दा पनि खेर गईरहेको पाखोमा डालेघाँसका वोट विरुवाको माग गरिएको साँस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले बताउनु भयो ।

नेलम्बो नेपालले यस टोलमा वातावरण सम्बन्धी वर्षेनी कार्यक्रमहरु गरी गाउँलाई विभिन्न क्षेत्रमा सहयोग गरेको वातावरण सरसफाईका लागि फोहोर मैला व्यवस्थापन गर्दै आएको छ ।

वातावरण संरक्षणको लागि वृक्षारोपण, स्वास्थ्य सम्बन्धी औषधीको उपलब्धताले दुर्गम गाउँलाई पनि सरलता पु¥याएकोमा नेलम्बोप्रति टोल संयोजक गोविन्द राज भण्डारीले आभार व्यक्त गर्नुभयो । उक्त वोट विरुवा नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले साँस्कृतिक परिवारका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी कार्यहरु गर्दै आईरहेको छ । हाल विश्वव्यापी फैलिएको कोभिड १९ मा विश्व जगत नै आक्रान्त भईरहेको विषम् परिस्थितिमा यस संस्थाले विगत एक वर्ष देखि कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणमा सुरुवाती चरण देखि लागि रहेको नेलम्बोलका अध्यक्ष एकदेव देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले कोभिड नियन्त्रणका कार्यक्रमलाई निरन्तर दिनहुँ जसो सहयोग गर्दै आईरहेको र नियमित कार्यक्रमलाई पनि सँगै अगाडि बढाई रहेको छ ।

Comments
Loading...