शुक्लागण्डकी माविमा कम्प्युटर ल्याब स्थापना गर्न एक्सपर्टले दियो पाँच लाख

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा अवस्थित शुक्ला गण्डकी माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरिने भएको छ ।

गाउँमा अवस्थित सो सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचना प्रविधिको प्रयोगमा सक्षम बनाउनका लागि विद्यालयले ‘कम्प्युटर ल्याब’ स्थापना कार्य अघि बढाएको हो ।

विद्यालयको सो कार्यका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज अष्ट्रेलिया मेलवर्नले रु पाँच लाख १७ आर्थिक सहयोग उपलव्ध गराएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज पोखरा शाखा प्रमुख रमेश थापाले आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेल र विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेल लाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

एक्सपर्ट मेलवर्नका निर्देशक वसन्त पोखरेलले आफ्नो संस्थाले नेपालका विभिन्न भागहरुमा शिक्षा,स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा विगतदेखीनै सहयोगका कार्य गर्दै आएको जानकारी दिँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सो सहयोग रकम प्रदान गरिएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयको अभियानमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले सहयोग रकम हस्तान्तरण कार्यको संयोजन गर्नुभएको थियो ।यसबीच एक्सपर्टले घाचोक स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज अष्ट्रेलियाबाट  विभिन्न जिल्लाका लागि ४५ थान अक्सिन कन्सन्ट्रेटर प्राप्त भएकामा कास्कीमा घाचोक सहित सराङकोट र निर्मलपोखरी स्वास्थ्यचौकीलाई पनि सो सहयोग गरिएको एक्सपर्ट पोखरा प्रमुख थापाले जानकारी दिनुभयो ।

घाचोक स्वास्थ्य चौकीलाई मेडिप्लस अस्पताल पोखराबाट मास्क,ग्लोब्स लगायतका स्वास्थ्य सामग्री अस्पतालका निर्देशक समेत रहनुभएका स्थानीयवासी डा सरोज पोखरेलले हस्तान्तरण गर्नुभएको थियो ।

Comments
Loading...