देउवा आज पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदै,काँग्रेस र माओवादीका दुई÷दुई जना मन्त्री बन्ने

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । सर्वोच्चको आदेशपछि देउवा आज पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो ।

अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेश जारी गरेपछि राष्ट्रपति कार्यालयले साँझ देउवालाई शपथ ग्रहण गराउने तयारी गरेको हो ।

देउवाले काँग्रेसका र माओवादीका तर्फबाट दुई÷दुई जनालाई मन्त्री बनाउन लाग्नुभएको छ । नता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरिएको बताइन्छ ।

Comments
Loading...