करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै १ करोड माग्ने पोखराका त्रिपाठी पक्राउ

हिमाली आवाज । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने प्रलोभन देखाएर मोटो रकम लिएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

आफ्नो प्रहरी, वकिल र अदालतसँग सेटिङ भएकाले जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनी गत वर्षदेखि फरार रहँदै आएका थिए ।

करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै १२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई तत्कालै राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । तर,सोही घटनामा संलग्नता रहेको खुलेका त्रिपाठी भने फरार रहँदै आएका थिए ।

Comments
Loading...