काँग्रेस गण्डकीको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

हिमाली आवाज ।  गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन हुनुभएको छ ।

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त हुनुभयो ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त हुनुभएको छ । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त हनुभएको हो ।  नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।

Comments
Loading...