जन्म दिनमा पशु प्राविधिक सुरेश श्रेष्ठबाट निःशुल्क पशु उपचार सेवा

हिमाली आवाज ।  मानिसले आफ्नो जन्म दिनलाई विशेष रुपमा लिन्छन् । अझ पछिल्लो दिनमा बालकदेखी बृद्धसम्मले जन्म दिनलाई विशेष रुपमा मनाउने गरेका छन् । जन्मदिनमा सामाजिक कार्य गर्ने संस्कार बढेको छ ।

पोखरा–१६ अर्मला निवासी पशु प्राविधिक सुरेश कुमार श्रेष्ठले पनि आज आफ्नो जन्म दिनमा निःशुल्क कृषकको सेवा गर्नुभएको छ । कार्यालय समय बाहेक साँझ विहान कृषकको सेवा गर्दा प्राविधिकले शुल्क लिने गरेकामा श्रेष्ठले औषधी सहित सेवा निःशुल्क प्रदान गर्नुभएको थियो ।

पोखरा–१६ छहरेपानी अर्मलाका कृषक माधव आचार्यको गाईलाई मिल्क फिभरको उपचार प्राविधिक श्रेष्ठले औषधी सहित निःशुल्क गर्नुभएको हो । उपचार सहित गाईलाई चार वोतल स्लाईन चढाइएको थियो ।

पशु प्राविधिक श्रेष्ठले हिमाली आवाजसँग भन्नुभयो,“हामी पशु प्राविधिक सँधैनै कृषकको सेवामा हुन्छौँ । आज जन्म दिनमा आफ्नो तर्फबाट निःशुल्क पशु उपचार सहित कृषकको सेवा गर्दा खुःशी लागेको छ ।”

Comments
Loading...