सभ्य समाज विरुद्ध प्रविधिमैत्री शिक्षा

–बाबुराम पौडेल

प्रविधि मैत्री शिक्षा भनेको के हो ?

प्रविधिको माध्यमबाट समाज र राष्ट्रमा बिकृति ल्याइ सबै जनताको दिमाग भ्रष्ट बनाउने शिक्षा हो ? कतै यसकै कारण समाजमा विकृति आएको छ र ?यसको खोजी कसले गर्ने ? समाज देखि राष्ट्रसम्म रहेका महान् व्यक्तित्वहरु रुपैयाँ नभइकन डलर कमाउनमा ब्यस्त रहेपछि कसलाई के को चासो भयो र !

प्रसङ्ग कोभिड–१९को हो ।जसको कारण विश्वभर आर्थिक मन्दी भयो र धेरैले ज्यान पनि गुमाए । बाच्नेहरुले पनि धेरै दुख कष्ट झेल्नुपर्यो। विकसित राष्ट्रको कुरा के गर्नु ?उनिहरुले त्यहाँ भएका जनताहरुलाई कोभिड १९ विरुद्धको खोप दिइसके । सुरक्षा नीति अपनाई आफ्नै तवरले शिक्षा दिइराखेका छन्। तर हाम्रो देश नेपालमा सरकार भन्छ । चैत्रभित्र सबैले खोप लगाइ सक्नेछन्। यसो भनि राख्दा खेरी दुई बर्ष अगाडिबाट सुरु भएको र अबपछि हुने प्रबिधीमैत्री शिक्षाले यहाँ रहेका बालबालिकादेखि बयस्क सम्मकालाई कतै मन्द बिष पिलाइ राखेको छैनर? यसो सोचौ ?

यसको प्रतिक्रिया यसरी आउछ । नेपाल यस्तो राष्ट्र हो जहाँ कुर्सीको लागि खुट्टा तानातान हुन्छ । यो दुईवर्षको अन्तरालमा दुइटा सरकार बने ।पहिलाकै सरकारहुँदै उनीहरूबीचमा भएको गठबन्धनमा खलबल मच्चियो । एकपक्षले अर्कोपक्षलाई धम्काउँदै मांमसारी आन्दोलन गर्नुपर्छ भनी जनतालाई सडकमा उतार्यो। विभिन्न मिडिया पत्रपत्रिकामा कोभिडले पारेको असरलाई छायाँमा पार्दै त्यो समाचारलाई मुख्य समाचार बनाउँदै प्रसारण र छाप्ने काम गरे । आमजनताको अगाडि आधुनिक प्रविधिको प्रयोग गरी छाडा शब्द बोल्न समेत पछि परेनन् । जस्ले गर्दा यहाँको संस्कारमा नकारात्मक असर पर्न पुग्यो।जुन असभ्य समाजको एक नमूनाको रुपमा लिन मिल्छ ।

राजनैतिक पाटो त्ययस्तो पाटो हो जसले नेपालीमा अज्ञानता छरी संस्कारमा विगारपन ल्याएको छ । यसैगरी अर्को वर्ग जो बाच्नका लागि संघर्ष गरिरहेका छन्। तिनीहरूले पनि कमाउनको लागि विभिन्न खालका सिरीयल वा कार्यक्रम युटुबमा राखी कमाउने भाँडोको रुपमा लिएका छन्। यसो हेर्दा ती पैसामुखी सिरीयलहरु समाज अभियानको विरुद्धमा रहेको देखिन्छ ।

जहाँ शब्द चयनको राम्रो प्रयोग नभएको, अनैतिक क्रियाकलाप बढी देखाइएको आदि हेर्न र सुन्न पाइन्छ । त्यस्ता खालका गतिविधि विभिन्न सिरियल वा कार्यक्रम जस्तै हामी यस्तै हो । यसो कुरा कोट्याउँदै जाँदा खेरि टिकटक नेपालीहरुको खाना भन्दा बढी महत्वपूर्ण आधारभूत आवश्यकता हुँदै गरेको देखिन्छ । यहाँ पनि त्यस्तै शब्द चयनमा कमी कमजोरी भएको पाइन्छ । ।कतिपय टिकटकमा छाडा शब्द प्रयोग गरी बच्चाको मानसपटलमा असर पर्ने खालका छन् । अर्को कुरा छोराछोरीले बाआमा पिटेको , मुखमा थुकेको, अनादर शब्दको प्रयोग गरि बनाएका भेटेकाछ न् ।केयो प्रविधिमैत्री शिक्षाको उदाहरण हो ?यो कदापि हुन सक्दैन ।यसले अझ बढी समाजमा नकरात्मक सन्देश मात्र फल्ने काम गरेको हुन्छ ।

राजनैतिक भाषणमा प्रयोग हुने शब्द टिकटक,युटुबरले बनाएका भिडियो बाहेक अरु थुप्रै गतिविधिले गर्दा समाज र राष्ट्र दुर्गतितर्फ बढेको देखिन्छ । यसकै कारणले गर्दाखेरि होला अहिलेका बच्चा राम्रा काम भन्दा नराम्रा काममा प्रविधिको दुरुपयोग गरेका छन्।

बाआमा,छिमेकी,दाजुभाईबीचको पनि कुराकानी कम भएको छ । एकआपसको सम्बन्धमा बार हालेको छ ।यसरी धेरैजसो बच्चाको सिर्जनात्मक क्षमतामा कमजोर देखि राखेको छ । प्रविधिको प्रयोग गरी ज्ञान गुनका कुरा लिनुपर्ने ठाउँमा २१ औं शताब्दीका विद्यार्थीहरु पपजी,फ्रीफायर जस्ता बिधुतीय खेल खेली आफ्नो अमूल्य समय खेर फालेका छन् ।

अन्तमा प्रविधिको राम्रो प्रयोग गर्न जानेमा व्यक्ति समाज र राष्ट्रको मुहार फेर्न सहज हुन्छ । अर्को कुरा के पनि भनिन्छ भने बच्चाले बिगारेको प्रविधिको सामान बनाउन सजिलै सकिन्छ तर प्रविधिले विगारेको बच्चा वा बयस्क हो सुधार्न धेरै गाह्रो हुन्छ । समाज वा राष्ट्रको विकासमा दक्ष जन शक्तिको ठुलो हात हुन्छ। व्यक्तिले आफ्नो दक्षता विकास गर्न सहि रुपले प्रविधिको प्रयोग गर्न आवश्यक हुन्छ।

यसैगरी जो कोहीले जिविका पार्जन रुपमा प्रविधिलाई लिन सक्छ।तर यसको माध्यमद्वारा आफूले गरेका कुनै पनि व्यक्ति वा समाजमा नकरात्मक असर पारेको छ वा छैन भनि सोच्न उत्तिकै आवश्यक हुन्छ । यी सबै कुरा ख्याल राखेमा सभ्य समाज निर्माण हुन्छ र राष्ट्रको विकासले तीव्र गति लिन्छ ।

Comments
Loading...