ट्रक दुर्घटनामा पोखरा पुरुनचौरका २८ वर्षीय युवकको मृत्यु

हिमाली आवाज ।तनहुँ ब्यास नगरपालिका–१२ मुसेखोला स्थित पृथ्वीराजमार्गमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडक देखी अन्दाजी १० मिटर तल दाँयातर्फ पल्टन जादा ट्रकमा सवार २ जना मध्ये ट्रक चालक पोखरा–१९ पुरन्चौर बस्ने २८ वर्षीय अर्जुन गौतमको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकमा सवार नवलपरासी पुर्व कावासोती बस्ने १४ वर्षीय राजकुमार विक घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाईएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Comments
Loading...