बहुप्रतिक्षित साफ च्याम्पियनसिप आजदेखी, नेपाल आयोजक माल्दिभ्ससँग भिड्दै

हिमाली आवाज । बहुप्रतिक्षित १३ औँ संस्करणको साफ च्याम्पियनसिप आजदेखी माल्दिभम्समा शुरु हुँदैछ ।

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा सञ्चालन हुँदैछ । च्याम्पियनसिपमा पाँच राष्ट्रको सहभागिता रहेको छ ।

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।

१३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्नेछन् ।

माल्दिभ्स डिफेण्डिङ च्याम्पियन समेत हो । नेपालले यसपटक साफका लागि लामो तयारी गरेको छ । अहिलेसम्म साफको फाइनल नपुगेको नेपालले यसपटक उपाधिको लक्ष्य राखेको छ ।

Comments
Loading...