नेपाल निर्माण व्यवसायी संघमा शहीद गौचनको स्मरण

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले संघका संस्थापक अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको चौथो स्मृति दिवसका अवसरमा आज उहाँप्रति श्रद्धासुमन व्यक्त गरेको छ ।संघको सभाहलमा स्मृति दिवस कार्यक्रम आयोजना गरी शहीद गौचनको तस्वीरमा पुष्पगुच्छा तथा माल्र्यापण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य एवं संघका प्रमुख सल्लाहकार शिवशंकर गौचनले निर्माण क्षेत्रको विकासमा स्व. गौचनको महत्वूर्ण योगदान रहेको बताउनुभयो ।

अति मिलनसार, मृदुभाषी, निर्माण व्यवसायीहरुका अविभावक गौचनको मृत्यूले निर्माण व्यवसायीहरु टुहुरा जस्तै बनेको सल्लाहकार गौचनले बताउनुभयो ।

संघ कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पहारी, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष ओमप्रसाद गौचन,महासचिव टंकराज बराल,प्रदेश कोषाध्यक्ष एवं निर्माण बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण लम्साल,संघका सल्लाहकार मुक्तिप्रसाद तिमिल्सिना,वरिष्ठ व्यवसायीहरु खड्गबहादुर श्रेष्ठ,झपिन्द्रराज रेग्मी,विश्वराज खनाल लगायतले शहीद गौचनको योगदानको स्मरण गर्नुभएको थियो ।संघ वरिष्ठ उपाध्यक्ष रामराज अधिकारीले स्वागत र कार्यक्रम सञ्चालन सचिव सुवर्ण श्रेष्ठले गर्नुभएको थियो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष गौचनज्यूको विसं २०७४ असोज २३ गते आजकै दिन शान्तिनगर स्थित घरबाट महासंघ कार्यालय आउने क्रममा अज्ञात व्यक्तिले चलाएको गोली लागि मृत्यु भएको थियो । स्व. गौचनलाई पछि सरकारले शहीद घोषणा गरेको थियो ।

Comments
Loading...