स्टार डाइनेग्लोष्टिक सेन्टरमा :ज्ञवाली

हिमाली आवाज । पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको छ । सेन्टरको सदस्यमा महेन्द्र के.सी. सुनिता लम्साल, यशोधरा दुरा र मन्जु मौराली रहनु भएको छ ।

पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति (भिसी) प्रा.डा.बिष्णुराज तिवारीले अधिवेशनको उद्घाटन गर्दै सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

स्वास्थ्य क्षेत्रलाई कार्यरत बनाउनु भएका यस क्षेत्रका १९ जना शेयर सदस्य रहनु भएको सेन्टरमा हालसम्म दुई करोड रुपैया लगानी भएको शेयर सदस्य नेत्र ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. लक्ष्मण बास्तोाल, नारायण बराल, कुष्ण बास्तोला,सुरेश थापा, सुदिप गौतम लगायतले सेन्टरले सहकारी लगायत समाजका गरिव एवम् विपन्न परिवारका लागि न्यूनतम शुल्कमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...