एमालेको अधिवेशन : माछापुच्छ्रे, अन्नपूर्ण र मादीमा चुनिए नेतृत्व(नामावली सहित)

हिमाली आवाज । कास्कीका ७२ वटै वडामा आज नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वडा अधिवेशन सम्पन्न भएका छन् । साँझसम्म अन्नपूर्ण र मादी गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो । उहाँका अनुसार माछापुच्छेरेका केही, अन्नपूर्णका ११ र मादीका १२ वडामा अध्यक्ष लगायतका पदाधिकारी चयन भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं १ छविलाल दाहाल, वडा नं २ नारायण भण्डारी, वडा नं ३ महेश्वर पौडेल,वडा नं ४ कृष्ण केसी, वडा नं ५ लालबहादुर केसी,वडा नं ६ एकदेव देवकोटा,वडा नं ७ दुर्गाबहादुर क्षेत्री, वडा नं ८ टंक सुवेदी, वडा नं ९ पुर्ण राई, वडा नं १० राजबहादुर गुरुङ र वडा नं ११ मा गुञ्जमान गुरुङ वडा इकाई समितिका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी मादी गाउँपालिकाको वडा नं १ भिमराज गुरुङ,वडा नं २ कुमार गुरुङ,वडा नं ३ ज्यामप्रसाद गुरुङ,वडा नं ४ रविमोहन सापकोटा,वडा नं ५ बाबुराम सापकोटा,वडा नं ६ दिलबहादुर क्षेत्री,वडा नं ७ रामप्रसाद गुरुङ,वडा नं ८ लालबहादुर गुरुङ,वडा नं ९ श्रीप्रसाद(गोपाल) गुरुङ,वडा नं १० विजय गुरुङ,वडा नं ११ नन्दजंग गुरुङ र वडा नं १२ प्रकाश वराल को अध्यक्षमा प्रकाश बराल अध्यक्ष निर्वाचित हुनुभएको बैरागीले जानकारी दिनुभयो ।

यसैगरी माछापुच्छ«े गाउँपालिकाको वडा नं १ अध्यक्षमा आस कुमार गुरुङ र सचिव राम सुनार, वडा नं २ मा अध्यक्ष हुकुम सिंह गुरुङ रहनुभएको छ । वडा नं ५ को अध्यक्षमा हुमलाल लामिछाने र सचिव भरत अधिकारी, वडा नं ६ को अध्यक्ष रुद्र बहादुर क्षेत्री र सचिव विष्णु अधिकारी, वडा नं ७ को वडाध्यक्ष कुल प्रसाद भण्डारी र सचिव अम्बर गुरुङ, वडा नं ८ को वडाध्यक्ष कृष्णप्रसाद दवाडी र सचिव पशुपति दाहाल तथा वडा नं ९ को वडा इकाई कमिटीको अध्यक्षमा टेकबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।

वडा नं ४ र ५ को वडा सम्मेलनको पार्टी केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभा सदस्य सीता गिरी ओलीले उद्घाटन गर्नुभएको थियो । माछापुच्छ्रेका वडा नं ३ र ४ मा नेतृत्व चयनको काम भइरहेको छ ।

Comments
Loading...