आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको जनाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा तीन रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल÷मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

Comments
Loading...